३१ भाद्र २०८१, सोमबार

`विश्व शान्तिका लागि समाजवाद´ भन्दै धनगढी र महेन्द्रनगरमा प्रदर्शन

0

धनगढी/ विश्वमा अहिले शक्ति रास्ट्रहरुबीच होडबाजी र प्रतिस्पर्धा बढ्दै गएर विश्वयुद्धको खतरा मडारिरहेकोले त्यसलाई रोक्न समाजवाद आवश्यक रहेको भन्दै धनगढी र महेन्द्रनगरमा प्रदर्शन गरिएको छ।स्थानीय युवा, विद्यार्थी , नागरिक समाज सहित नेपाल कम्युनिस्ट पार्टीले सोमबार उक्त प्रदर्शन गरेको हो।

पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्ध, युक्रेन युद्द,इजरायल- इरान संघर्ष जस्ता लडाइमा नेपाली सहित हजारौं नागरिकहरु हताहत भएका समाचार सार्वजनिक भए सङ्गै विश्वमा फेरि तेस्रो युद्द हुने त होइन? भन्ने चिन्ता र चासो सर्वत्र बढीरहेको बेला भुराजनीतिक हिसाबले निकै संवेदनशील ठाउँमा रहेको नेपालका लागि समेत देशको सार्वभौमसत्ता र शान्तिको रक्षाका लागि गम्भीर हुनु पर्ने बेला आएको छ।

विश्वमा यसअघि भएका प्रथम र द्वितीय विश्वयुदमा करोडौं नागरिकले ज्यान गुमाएका थिए भने युद्ध पछि विश्वशक्ति सन्तुलनमा समेत हेरफेर भएको थियो।इजरायलले प्यालेस्टाइन र इरानमा गरेको क्षेप्यास्त्र प्रहार लगायत युक्रेन युद्धको पछाडि अमेरिकाको प्रमुख हात रहेको छ भने अर्काेतिर एक ध्रुवीय विश्व व्यवस्थाको रूपमा उदाएको अमेरिका विरुद्ध नयाँ नयाँ ध्रुबहरु समेत खडा भएको र यदि अब बिश्व युद्द हुने हो भने यो कैयौं गुणा खतरा हुने जानकारहरुको बुझाइ छ।आर्थिक, राजनीतिक र प्राबिधिक हिसाबले रुस, चीन,उत्तर कोरिया जस्ता देशहरू अमेरिकासङ्ग प्रतिरोध र प्रतिस्पर्धा गर्ने तहमा समेत आइपुगेको बिज्ञहरुको अनुमान छ।

युदको प्रमुख कारण र श्रोत पुँजीवाद भएको, पुँजीवाद अन्तर्गत सिमित धनाढ्यहरुको आर्थिक राजनीतिक स्वार्थका लागि विश्वमा युद्ध लाद्ने गरिएको, त्यसको विकल्प र विश्व शान्तिका लागि समाजवाद अनिवार्य रहेको भन्दै अहिले अमेरिकाका विश्वविद्यालयदेखि दक्षिण एशिया र नेपालका विद्यार्थी, बुद्धिजीवी र नागरिक समाजले समेत विभिन्न ढङ्गले बिरोध प्रदर्शन गरिरहेका छन् ।

सुदुरपश्चिमको महेन्द्रनगरमा भएको प्रदर्शनको नेतृत्व गरिरहेका नेकपा केन्द्रिय सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज बिराट सीले विश्वमा युद्धको संभावना रहेको र त्यसको भिडन्तमा नेपाल समेत पर्न सक्ने खतरा रहेकोले देशमा नेपाली विशेषताको समाजवादको माध्यमबाट मात्रै शान्ति कायम गर्न सकिने बताए। सालघारी देखि महेन्द्रनगर बजार परिक्रमा सहित मदन चोकमा कोणसभामा परिणत भएको प्रदर्सनलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्य बिराटले ०८४मा हुने भनिएको चुनाव परम्परागत रूपमा होइन, समाजवादको आधार तयार पार्नका लागि आफुहरु चुनावमा भाग लिने बताए।स्थानीय भुमिहिन सुकुम्बासीको समस्या समाधान नगरी विस्थापित गर्ने काम भैरहेको भन्दै उनले त्यसो गरे जनताले प्रतिरोध समेत गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै कैलालीको धनगढीमा स्थानीय विद्यार्थी, युवा र नेकपा सम्बद्ध नेताकार्यकर्ताहरु सम्मीलित र्याली सहित प्रदर्शन गरिएको र संभावित विश्व युदको खतराबाट देश र नागरिकको रक्षाका लागि समाजवादी व्यवस्था अनिवार्य रहेको नेकपा केन्द्रिय सदस्य एवम् कैलाली जिल्ला इन्चार्ज प्रकाशले प्रतिक्रिया दिएका छन।धनगढीमा भएको प्रदर्शनमा नेकपा केन्द्रिय सदस्य देव सी, विद्यार्थी नेता महेश पातली, नेकपा नेता बीरु सी र जिल्ला सेक्रेटरी सितारामको समेत सहभागिता रहेको थियो।प्रदर्शनमा विश्व शान्ति कायम गर, साम्राज्यवादी युद मुर्दावाद, समाजवाद जिन्दावाद जस्ता नाराहरु लगाइएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।