
काठमाडौं – जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी गोरखा जिल्ला समिति सदस्य तथा युवा सङ्गठन नेपाल गोरखाका पूर्व जिल्ला अध्यक्ष राजकुमार सीकी आमाको निधन भएको छ । ६९ वर्षिय आमा आमा इन्द्रा कुमारी गुरुङको निधनप्रति नेकपा गोखा जिल्ला समितिले दुःख व्यक्त गरेको हो ।
सोमबार शोक वक्तव्य जारी गर्दै नेकपा गोर्खाले आमाको निधनले जिल्ला पार्टी स्तब्ध भएको जनाएको छ । ‘जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी गोरखा जिल्ला समिति सदस्य तथा युवा सङ्गठन नेपाल गोरखाका पूर्व जिल्ला अध्यक्ष कमरेड राजकुमार सीको ममतामयी आमा इन्द्रा कुमारी गुरुङको ६९ वर्षको उमेरमा उपचारको क्रममा भारतमा मिति २०८१ जेठ ७ गते बिहान ६ः४५ बजे असमायिक निधन भएको छ । आमाको निधनले जिल्ला पार्टी स्तब्ध भएको छ ।’, जिल्ला इन्चार्ज कपिल सी र सेक्रेटरी काजीले निकालेको संयु्क्त शोक वक्तव्यमा भनिएको छ ।
साथै पार्टीले आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।