२ कार्तिक २०८२, आईतवार

नेकपाद्वारा केन्द्रीय समितिकाे बैठकका निर्णय सार्वजनिक, ५०० र १००० का नोट खारेज गर्न माग

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी नेकपाले असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरेको हो । 

महासचिव विप्लवद्वारा हस्ताक्षरित सार्वजनिक प्रेस विज्ञप्तिमा नेपालमा ५०० र १००० दरका नोट खारेज गर्न माग गरिएको छ ।  भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने नेकपाले माग गरेको हो । 

यस्तै नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ ।  विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले जेनजी विद्रोह सफल भएपनि जेनजीहरु आफ्नो एजेण्डाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ । यस्तै बैठकले जेनजी विद्रोहपछि कम्युनिस्टहरुबीचको एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ ।
जसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनसुकै योगदान गर्न तयार रहने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।  

विज्ञप्तिकाे पूरा पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।