
काठमाडौँ– नेकपा केन्द्रीय सदस्य अखिल सीका हजुरबुवा दलविर शाहीको निधनप्रति नेकपाले दुःख व्यक्त गरेको छ । महासचिव विप्लव सीले शनिबार शोक वक्तव्य जारी गर्दै शाहीको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश न्याय विभाग प्रमुख अखिल सीको हजुरबुवा रास्कोट नगरपालिका वडा नं. ४, बसन्तपुर निवासी दलविर शाहीको १०१ वर्षको उमेरमा भएको निधनले दुःखी बनाएको छ । यो दुःखद घडीमा हाम्रो पार्टी मृतकप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै क. अखिलसहित उहाँको परिवारजनप्रति समवेदन प्रकट गर्दछ ।’, शोक वक्तव्यमा भनिएको छ ।
रास्कोटको जिवित इतिहास शाही सबैका प्रिय थिए । शुक्रबार निधन भएको आज विहान अन्त्यष्टी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्