४ जेष्ठ २०८२, शनिबार

युगिनकाे आमाको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य, सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सीकी आमा तथा पार्टी केन्द्रीय सदस्य, जनपत्रकार सङ्गठन, नेपालकी उपाध्यक्ष जानकी सीकी सासुआमाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

जुगल गाउँपालिका वडा नम्बर ४ निवासी ओम माया श्रेष्ठको ६५ वर्षको उमेरमा उपचारका क्रममा हिजो राति १०ः३० बजे केएमसी हस्पिटलमा भएको निधनले दुःखी बनाएको नेकपा महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘छोरा/बुहारीलाई संघर्षमा होमिन प्रेरित गर्नुहुने जुगल गाउँपालिका वडा नम्बर ४ निवासी महान् आमाको निधनले कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको छ । यो दुःखद घडीमा हाम्रो पार्टी मृतक आमाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै क.युगिन, क. जानकीसहित उहाँको परिवारजनप्रति समवेदना प्रकट गर्दछ  ।’, शोक वक्तव्यमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।