२ जेष्ठ २०८२, बिहीबार

सुदूरपश्चिम कृषि उत्पादन तथा व्यापार केन्द्रले थप २७ बिघामा खेती विस्तार गर्ने

0

पहलमानपुर/ नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत सुदूरपश्चिम कृषि उत्पादन तथा व्यापार केन्द्रले थप २७ बिघा जमिनमा बर्खे खेती विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका प्रमुख डबल बहादुर सी भगतसिंहको अध्यक्षतामा बुधबार कैलालीको रतिपुरमा सम्पन्न तेस्रो बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले  `किसानसङ्ग विप्लव´ शीर्षकमा जेठ २ गते बिहान ८ बजे रतिपुरमा अन्तर्कृया गर्ने, आगामी वर्षे बालीका लागि सुदूरपश्चिमको गौरीगङ्गा नगरपालिकाको बडैपुर, फुलबारी कञ्चनपुरको झलारी र कृष्णपुरमा गरि  थप ४ ओटा नयाँ उत्पादन केन्द्र विस्तार गर्ने र उत्पादन केन्द्रको नेतृत्व पार्टीका केन्द्रिय सदस्यले गर्ने निर्णय गरेको छ ।

उत्पादन तथा व्यापार केन्द्रले कैलालीको पहलमानपुरमा सी व्यापार केन्द्र स्थापना गर्ने र त्यसको जिम्मेवारी केन्द्रीय सदस्य  किरणलाई दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले `उत्पादन उद्दार कोष´ खडा गर्ने, उत्पादनमा संलग्न सदस्यहरुका लागि तालिम र भ्रमणको व्यवस्था गर्ने र कृषि विज्ञ सल्लाहकारको रूपमा गणेश भट्टराईलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

बैठकमा सहभागी सदस्यहरुले उत्पादन सम्बन्धि पार्टीको न्यू इकाेनाेमिक ट्रयाक (नेट) सम्बन्धि  नीति सफल र प्रभावकारी हुँदै गएको, आगामी वर्षे उत्पादनमा  पार्टीसम्बद्ध सबै निकाय परिचालित गर्नुपर्ने र उत्पादन कार्यमा मानवीय श्रमका अतिरिक्त कृषि प्रविधि र यान्त्रिकीकरण सम्बन्धि योजना बनाउनु पर्ने धारणा राखेका थिए भने रिपोर्टिङ पछि नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम इन्चार्ज भरत सी रणवीरले  नेकपाले सुरु गरेको उत्पादन परम्परागत  ढंगको उत्पादन नभएर नयाँ आर्थिक मार्ग सम्बन्धि संश्लेषणका आधारमा गर्न खोजिएको बताए । बैठकका प्रमुख अतिथि समेत रहेका नेता भरत सीले उत्पादन अभियान नेकपाको क्रान्ति सम्बन्धि मान्यताको उदेश्यसङ्ग जोडिएको विषय भएको भन्दै पार्टीका सबै नेताकार्यकर्ताहरु श्रम र उत्पादनमा अनिवार्य जोडिनुपर्ने कुरामा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।