
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी मधेस प्रदेशले यो बर्षको रोपाईँ सुरु गरेको छ । मधेसमा समयमै पानी नपरेपछि धान रोप्न ढिलाई भएको हो ।
केही दिनअघि फलफूल रोपेको नेकपाले आइतबारदेखि धान रोप्न सुरु गरेको हो । रोपाईंको उद्घाटन गर्दै पार्टी प्रदेश इन्चार्ज अनिल सीले आत्मनिर्भर अर्थतन्त्रका लागि पार्टीले उत्पादनको नीति लिएको बताएका थिए ।
रोपाईँमा केन्द्रीय सदस्य शिला सी, कमल सी, जनक सी लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्