
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनमधेस उत्पादन केन्द्रमा फलफूल रोपेका छन् । पार्टीको मधेश प्रदेशमा रहेको उत्पादन केन्द्रमा लिच्ची, आँप, कागती र भुइकटहर रोपेर विप्लवले फलफूल रोप्ने कार्यको उद्घाटन गरेका छन् ।
शुक्रबार विहान विप्लवले केन्द्रमा ५ सय भुईकटर, ३० वटा कागती, ४५/४५ वटा आँप र लिच्चीका विरुवा रोप्ने कार्यको उद्घाटन गरेका हुन् । सो उत्पादन कार्यमा पार्टी मधेस प्रदेश इन्चार्ज अनिल सी, पोलिटब्युरो सदस्य देवनारायण सी र केन्द्रीय सदस्य शिला सी लतायतका नेताहरु सहभागी थिए ।
उत्पादन कार्यमा संलग्न स्थानीय कार्यकर्ताहरु र जनतालाई देव नारायण सी र केन्द्रीय सदस्य पवन सीले स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्