
धनुषा – नेकपाकी केन्द्रीय सदस्य तथा अजवलाल यादव स्मृति प्रतिष्ठानकी अध्यक्ष शिला सी र जिल्ला प्रहरी प्रमुख एसपी नरहरी रेग्मीबीच भेटवार्ता भएको छ ।
भेटमा नेता शिलाले मिटरव्याज पीडितका समस्या हल गर्न दबाब दिएकी छन् । भेटमा अरु पनि विभिन्न विषयमा छलफल गरेकी थिइन् ।
नेकपा मधेस प्रदेश कार्यालय सचिव पवन सीले दिएको जानकारी अनुसार मिटरब्याज समस्याको नयाँ शिराबाट अनुसन्धान गर्न प्रहरी तयार भएको छ । साथै, आपसी सहकार्य गर्ने सहमति पनि भएको उनको भनाई छ ।
भेटघाटमा नेकपाका नेताहरू पवन सी, विश्वजित सी, गौरी स्ी, नवल यादव, राजाराम सीलगायतको उपस्थिति थियो । भेटघाट र छलफल प्रहरी कार्यालयमा नै भएको हो । प्रहरी प्रमुख रेग्मी हालसालै धनुषा जिल्लाको नेतृत्व सम्हालन आएका हुन्।
प्रतिक्रिया दिनुहोस्