
काठमाडौँ – अजवलाल प्रतिष्ठानले विपन्न वर्गका विद्यार्थीलाई कपडा बाँडेको छ । प्रहरीले डोजर लगाएर उठि स गराएको पर्साको विन्दवासिनी २, बहुअवा गाउँका सुकुमबासी वस्तीका छात्र–छात्रालाई प्रतिष्ठानले एक घरधुरी दुई बच्चा–बच्चीको दरले कपडा वितरण गरेको हो ।
कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य तथा मद्येश प्रदेश इन्चार्ज अनिल सीले पालिका अध्यक्ष र प्रहरी प्रशासनले डोजर लगाएर उठिवास बनाएको वस्तीका बालबालिकालाई राहत वितरण गरेर प्रतिष्ठानले राम्रो काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामाथि जहाँ दमन, शोषण हुन्छ, त्यहाँ नेकपा उभिने प्रतिवद्धता जनाएका छन् । प्रतिष्ठानकी अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष एवं सभासद शिला यादवले गरीबको घर बनाउन विनियोजित बजेट कथित जनप्रतिनिधिले भ्रष्टाचार गरेर सक्ने र सुकुमवासीका घर, सम्पत्ति लुटने, भल्काउने, आगो लगाउने गरेको आरोप लगाएकी थिइन् ।
२४ जना कलिला विद्यार्थीलाई राहत वितरण गरिएको कार्यक्रमको सहजीकरण नेकपाका केन्द्रीय सदस्य जनक सीले र स्वागत मन्तब्य फिरोज सी र दिलमहमद सीले गरेका थिए ।