१८ भाद्र २०८२, बुधबार

नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पु¥याउने भारत र चीनबीचकाे सहमतिप्रति समाजवादी मोर्चाकाे घोर विरोध

0

काठमाडौँ । समाजवादी मोर्चा नेपालले भारत र चीनबीच भएको लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुर्नस्थापना गर्ने समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात पुगेको जनाउदै उक्त समझदारीप्रति घोर विरोध तथा असहमति प्रकट गरेको छ ।
मोर्चाद्वारा जारी विज्ञप्तिमा ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टी भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी भएको र यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन नसकेको तर यसैबीच लिपुलेक बारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात पुगेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पु¥याउने भारत र चीनको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर विरोध तथा असहमति प्रकट गर्दै सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मूलुकहरुलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान समेत गरिएको छ ।

यस विषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादबले जारी गरेको संयुक्त विज्ञप्ति यस प्रकार रहेको छ -‘ भारत र चीनबीच हालै पुलान–गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुर्नस्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चा, नेपालको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ ।
ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टी गर्दछ । नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यस विषयमा नेपालको तर्फबाट कुटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसैबीच लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकार माथि गम्भिर आघात पुगेको छ ।
नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पु¥याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर विरोध तथा असहमति प्रकट गर्दछ । साथै सरकारलाई कुटनीतिक पहलबाट सम्बन्धित मूलुकहरुलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आव्हान गर्दछ ।‘


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।