१८ चैत्र २०८१, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न प्रचण्डकाे चेतावनी

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिए  ।

समाजवादी मोर्चा नेपालले शुक्रबार काठमाडौँ  आयोजना गरेको बृहत् जनप्रदर्शनपछि आयोजित जनसभालाई सम्बोधन गर्दै उनलेे यस्तो चेतावनी दिएका हुन् । 

उनले  नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न चेतावनी दिंदै भने –  ‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस् ।   अब अर्को गल्ती गरे    भोग्न बाँकी केही रहँदैन । खबरदार ।’

 अध्यक्ष  प्रचण्डले विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको बताए । उनले  जनआन्दोलन र जनयुद्धको माध्यमबाट सामन्ती राजतन्त्रको ढाड भाँचेको भए पनि संविधान जारी गरेपछि गरिएका केही कमजोरीका कारण अहिले उनीहरूले टाउको उठाउने कोशिश गरेको बताए  । उनले  भने- ‘जनयुद्धको नेतृत्वकर्ता, शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेताको हैसियतले देशभरका जनतालाई भन्न चाहन्छु, समस्या विगतमा केही त्रुटी गरेकाले पनि पैदा भएका छन् । हामी गणतन्त्रवादीहरूले केही कमजोरी गरेकैले दलाल, नोकरशाहीहरूले पनि थुप्रै लाभ लिने अवसर प्राप्त गरे । तर, अब त्यसलाई सच्याइनेछ ।’

अध्यक्ष  प्रचण्डले  समाजवादी मोर्चा र व्यक्तिगत तर्फबाट आत्मआलोचना गर्दै अब जनअपेक्षा अनुसार काम गर्ने र इतिहासमा कुडाकर्कट बनिसकेकाहरूले टाउको उठाउन चाहेकालाई    आन्दोलनवाट  अन्त्य गर्ने बताउदै भने  -‘गल्तीबाट शिक्षा लिएर पुनः मजदुर, किसान, उत्पीडित जनता, महिला, मुस्लिम सबैको पक्षमा काम गर्न अर्को क्रान्तिको नेतृत्व गर्न हामी तयार भएका छौं। यो कुरा मञ्चबाट औपचारिकताको लागि मात्र भनिराखेको छैन । एउटा नयाँ आन्दोलन, नयाँ क्रान्तिको नेतृत्वद्वारा अहिले देखिएको समस्या समाधान गर्न चाहन्छौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।