
काठमाडौँ । समाजवादी मोर्चा नेपालले राजनीतिक दलको कार्यलय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारसँग जोडदार माग गरेको छ । मोर्चाका शिर्षस्थ नेताहरुले शुक्रबार साँझ संयुक्त विज्ञप्ति गर्दै राजनीतिक दलको कार्यलय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित माेर्चाकाे जारी विज्ञप्तिमा भनिएको छ – ‘ पुनःरुत्थानवादी र उश्रृंखल प्रतिगामी तत्वहरुले अराजकता सृजना गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष कमरेडका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेका छन् । निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरिरहेका छन् । यो उश्रृंखल र अराजक कार्यको हामी घोर भत्सना एंव निन्दा गर्दछौं । यस कार्यमा संलग्न अपराधिक र आतताही तत्वलाई यथाशिर्घ कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं । राजनीतिक दलको कार्यलय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’
विज्ञप्तिकाे पूर्ण पाठ-
यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको सम्वर्द्धन र राष्ट्रिय स्वाधिनताको संरक्षणका लागि समाजवादी मोर्चा नेपालद्धारा आज काठमाडौंमा आयोजित वृहत् जनसभा पचासौँ हजार जनताको सहभागितामा भव्यतापूर्वक सम्पन्न भएको छ ।जनताको यो शालिन, सक्रिय र उत्साहपूर्ण सहभागीतालाई समाजवादी मोर्चा नेपाल हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।
यो विशाल जनसर्मथन र सहभागीताबाट आत्तालिएका पुनःरुत्थानवादी र उश्रृंखल प्रतिगामी तत्वहरुले अराजकता सृजना गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष कमरेडका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेका छन् । निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरिरहेका छन् । यो उश्रृंखल र अराजक कार्यको हामी घोर भत्सना एंव निन्दा गर्दछौं । यस कार्यमा संलग्न अपराधिक र आतताही तत्वलाई यथाशिर्घ कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं । राजनीतिक दलको कार्यलय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’