१८ चैत्र २०८१, सोमबार

मुलुक प्रतिगमनतिर होइन अग्रगमनकाे दिशा समाजवादमा जान चाहेको छ : विप्लव सी

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अब मुलुक प्रतिगमनतिर फर्कन नसक्ने ठाेकुवा गर्दै नेपाली जनताले अग्रगमनकाे दिशा समाजवादमा जान चाहेको बताएका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा शुक्रबार गरेको विशाल जनसभालाई सम्बाेधन गर्दै यस्तो बताएका हुन् ।

गणतन्त्रका केही कमीकमजोरी हाेलान् त्यसको समिक्षा गर्दै अग्रगमनकाे यात्रा नेपाली विशेषताको समाजवाद नै अहिलेकाे आवश्यकता भएको बताएका छन् । 

‘गणतन्त्र नेपाली जनताका लागि पर्याप्त छैन, केही कमजोरी छन् । हामी अघि जान खोजेका छौं,’ उनले भने, ‘इतिहासले ढोका खोल्दै छ । अब गणतन्त्रको समीक्षा गर्नुपर्छ । इतिहास फेरि फर्किंदैन ।’

इतिहासमा कहिलेकाहीँ ठूला गल्ती हुने भन्दै उनले नेपाल षडयन्त्रमा पर्ने देश पनि भएको बताए । ‘यहाँ कुन प्रवृत्ति घुसेका छन्, नेपाली जनताले बुझ्नुपर्छ । शक्ति केन्द्रको दबाबमा साना देश पर्दै गएका छन्,’ उनले भने, ‘अग्रगामी शक्तिले नयाँ ढंगले सोच्नुपर्छ । समाधान खोजेर अघि बढ्नुपर्छ । अबको आवश्यकता नेपाली विशेषताको समाजवाद नै हो ।’

जनसभालाई सम्बोधन गर्दै समाजवादी माेर्चाका संयोजक समेत रहेका विप्लवले भने – ‘नेपाली जनताले सामन्तवादी प्रवृत्ति, अधिनायकवादी हर्कतलाई पराजित गरेका छन् । जसको स्वर्ग ढल्यो, ती तत्वले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेको छ, नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन् । प्रतिगामीहरूले राजतन्त्र फर्काउने कुरा गरेका छन् । हामीलाई कुनै प्रभुको खाँचो छैन । हामीलाई सामन्तवादी हैकम चलाउनेहरूको खाँचो छैन ।
हामी मुक्ति चाहन्छौँ । फेरि सामन्तीका भूतले अर्को बोझ थप्न खोजे हामी स्वीकार गर्छौ ?’ राजावादीहरु गाडी चढ्ने सामन्त आएको बेला घोडा चढ्ने आए के होला ?’

नेकपा महासचिव विप्लव सीले मुलुकमा राजतन्त्र फर्काउन खोजे फेरि राजावादीहरू पछुताउनु पर्ने बताए । उनले भने- ‘नेपालमा किन राजतन्त्र चाहियो ? अढाई सय सालसम्म राजतन्त्रले के गर्‍यो ? पञ्चायतदेखि अहिलेसम्म सबै थाहा छ । पञ्चायतमा बोल्न पाइँदैनथ्यो । कमैया, दलित, किसानमाथि दमन थियो,’ उनको चेतावनी थियो, ‘समाधान सामन्तवादी हुन सक्छ ? जनआन्दोलन, विद्रोहले ध्वस्त भएका मान्छेहरू धुलो टकटकाउँदै उठ्न थालेका छन् । विभिन्न प्रवृत्ति गठजोड गरेर राजतन्त्र फर्काउन खोजेका छन् । राजतन्त्र फर्केर के हुन्छ ? उनीहरू फेरि पछुताउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।