
काठमाडौं । राजावादी प्रदर्शनकारीले काठमाडौंको तीनकुनेकाे घरमा आगजनी गरेका छन् । उनीहरूले तीनकुने सडक किनारमा रहेका घरहरूको सिसा फुटाएका हुन् । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।
यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
आगो बलेर धुवाँको मुस्लो निस्किएको धेरैबेरपछि मात्र आगो निभाउन दमकल पुगेको थियो । सो दमकलमाथि पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्