२१ कार्तिक २०८२, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा काठमाडौँमा जनप्रदर्शन (तस्बिरहरू)

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज काठमाडौँमा बृहत् प्रदर्शन गरेको छ ।
प्रदर्शन सुन्धाराबाट प्रदर्शन सुरु भई शान्तिबाटिका, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विशाल जनसभामा परिणत भएको छ ।
वर्तमान सुशीला कार्की नेतृत्वको सरकार खारेज गरि जेनजीसहित सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेनजी माथिको भएको दमन निष्पक्ष छानबिन गर, युवाहरूको लागि रोजगारीको ग्यारेन्टी गर जस्ता माग गर्दै नेकपाले जनसभा आयोजना गरेको हो ।
जनसभालाई नेकपा महासचिव विप्लवलगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् भने साथै सामना कलाकार र स्थानीय अन्य कलाकारहरुले सांस्कृतिक प्रस्तुति भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।