१९ कार्तिक २०८२, बुधबार

युवा संगठन नेपालद्वारा केन्द्रीय सचिवालय सदस्य नगेन्द्र सी ‘बाबा’ काे निधनप्रति दु:ख व्यक्त

0

युवा संगठन नेपालले संगठनका केन्द्रीय सचिवालय सदस्य नगेन्द्र सी ‘बाबा’ को असामयिक निधनप्रति दु:ख व्यक्त गरेको छ ।

युवा संगठन नेपालका उपाध्यक्ष धन बहादुर थापा ‘विश्लेषण’ सीले संगठनका तर्फबाट आज शाेक वक्तव्य जारी गर्दै संगठनका केन्द्रीय सचिवालय सदस्य नगेन्द्र सी ‘बाबा’ को कार्तिक १८ गते उच्च रक्तचापका कारणले बीएनसी अस्पतालमा भएको असामयिक निधनप्रति दु:ख गरेका छन् ।

साथै यस दुःखद क्षणमा  दिवंगत क.बाबाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

दिवंगत बाबा सीले आफ्नो जीवनकालमा संगठनको सुदृढीकरण, युवा अधिकार र सामाजिक रूपान्तरणका अभियानमा उल्लेखनीय योगदान गर्नुभएको भन्दै उहाँको निधनले सिङ्गो युवा आन्दोलनले एक प्रतिबद्ध, जुझारू र प्रेरणादायी व्यक्तित्व गुमाएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।