१० मंसिर २०८२, बुधबार

नेपाल कम्युनिस्ट पार्टीले आज मध्यान्ह काठमाडौँमा बृहत् जनसभा गर्दै

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज मध्यान्ह १२ बजे काठमाडौँकाे भृकुटीमण्डपमा बृहत् जनसभा गर्दैछ ।

भ्रष्टाचार विरुद्ध, राष्ट्रिय स्वाधीनता र समाजवादका लागि आयोजित कार्यक्रम आज मध्यान्ह १२ बजे सुन्धाराबाट प्रदर्शन सुरु गरि शान्तिबाटिका, बागबजार, पुतलीसडक हुँदै ठिक १ बजे भृकुटीमण्डपमा विशाल जनसभा कार्यक्रम गरिनेछ ।

जेनजी विद्रोहपछि उत्पन्न परिस्थिति र देशको समसामयिक सवालमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना धारणा राख्ने र बाह्य हस्तक्षेप एवम् भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

जनसभालाई नेकपा महासचिव विप्लवलगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् भने साथै सामना कलाकार र स्थानीय अन्य कलाकारहरुले सांस्कृतिक प्रस्तुति रहने कार्यक्रमसमेत रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर, भ्रष्टाचारको निष्पक्ष छानबिन गर, उच्चस्तरीय छानबिन आयोग गठन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेन–जी माथिको भएको दमन निष्पक्ष छानबिन गर, युवाहरूको लागि रोजगारीको ग्यारेन्टी गर जस्ता माग गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।