१८ कार्तिक २०८२, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीद्वारा देशव्यापी मसालजुलुस प्रदर्शन

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले शनिबार साँझ देशव्यापी मसालजुलुस प्रदर्शन गरेको छ । देशमा देखिएको गम्भीर राजनीतिक अस्थिरताको अन्त्य र सर्वपक्षीय सरकार गठनको माग गर्दै उक्त पार्टीले देशव्यापी रुपमा पूर्व झापादेखि पश्चिम महाकाली कञ्चनपुरसम्म मसालजुलुस प्रदर्शन गरेको हो ।
मसालजुलुसमा सहभागी प्रदर्शनकारीहरुले सर्वपक्षीय अन्तरिम सरकार गठन गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, अग्राधिकारसहितको समाजवादी संघीयता लागु गर, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर, युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर, नेकपा जिन्दावाद लगाएतका नारा लगाएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीले जेनजी आन्दोलनपछि गठित वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देशलाई सही निकास दिन सर्वपक्षीय सहमति आवश्यक रहेको भन्दै देशव्यापी मसालजुलुससहित विरोध प्रदर्शन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीले मुलुकमा देखिएको संकटको समाधानका लागि सर्वपक्षीय सरकारको गठन अपरिहार्य रहेको भन्दै कार्तिक १३ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
यसैबीच नेकपाले कार्तिक २० गते काठमाडौँमा बृहत प्रदर्शनसहित जनसभाको आयोजना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।