
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्काउन खोजे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
समाजवादी मोर्चा नेपालले शुक्रबार काठमाडौँ आयोजना गरेको बृहत् जनप्रदर्शनपछि आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिए ।
उनले यो देशमा कसैले फेरि वंशको शासन ल्याउन खोज्छ भने त्यसले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिंदै भने- ‘यो कार्यक्रम नेपालको राजनीतिमा कास्टिङ मात्र हो । प्रतिगामीहरु होसयार । यो मुलुक वंश, परिवारको शासनतिर फर्कन सक्दैन । जनता स्वाधीन छन् । सार्वभौमसत्ता सम्पन्न भएका छन्। नेपाली जनता कसैको दास बन्न सक्दैनन् । इतिहास पछाडि जान सक्दैन । वंशको शासन ल्याउने चेष्टा कसैले गर्छ भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’
अध्यक्ष नेपालले शासकको कमजोरीका कारण जनताले समस्या भोगिरहेको तर सरकार तमासे भएर बसेको बताउदै भने- ‘हामीले सरकार ढालेका छैनौ तर सरकार ढले..ढले… भनिरहेको छ । ‘