१० बैशाख २०८२, बुधबार

कथित राजावादीको पश्चगामी हर्कत र दलाल पुँजीवादविरुद्ध नेकपा बाराद्वारा मसाल जुलुस प्रदर्शन

0

बारा – नेपाल कम्युनिस्ट पार्टी बारा जिल्ला समितिले मसाल जुलुस प्रदर्शन गरेको छ ।  आइतबार साँझ राजावादी नामको पश्चगामी हर्कत र दलाल पुँजीवाद विरुद्ध नेकपा बाराले मसाल जुलुस प्रदर्शन गरेको हो ।

बाराको कलैया नगरपालिका-१८, मोतीसर बजारमा भएको जुलुसले विदेशी उक्साहटमा संघीयता मास्न पाईंदैन, पश्चगमन मूर्दावाद, समाजवाद-जिन्दावाद, एकीकृत जनक्रान्ति-जिन्दावाद लगायतका नारा उराल्दै बजार परिक्रमा गरेको थियो ।

उक्त जुलुसको नेतृत्व जिल्ला इन्चार्ज जनक सीले गरेका थिए । जुलुसमा बाराका सेक्रेटरी दिल महमद, पर्सा सेक्रेटरी फिरोज सी युवा नेता दीपेन्द्र सीलगायत सहभागी थिए । मोतीसर चोकमा भएको जनसभालाई नेताहरु जनक सी, दिलमहमद सीलगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।