१० बैशाख २०८२, बुधबार

विभिन्न वामपन्थी दलका ७७ जना नेताकार्यकर्ता नेकपामा प्रवेश

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले १५६ औं लेनिन जयन्ती र ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न वामपन्थी दलका ७७ जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।

कार्यक्रममा नेकपा (माले) का केन्द्रीय सदस्य तिलक न्यौपानेसहित ९ जना सम्पर्क मञ्चबाट, एमालेका राजु नेपालीबाट ४ जना, एसएस कलेज कीर्तिपुरबाट नेकपा ध्रुवीकरणका वसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त राजनैतिक मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना, नेपाल तेस्रो च्याउ विज्ञ ऋषि लाल तामाङ, नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व एसपी वीरबल थापासहित ४ जना गरी जम्मा ७७ जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई कार्यक्रममा महासचिव विप्लव सी, पार्टी प्रवक्ता प्रकाण्ड लगायतका नेताहरूले स्वागत गरेका थिए । महासचिव विप्लव सीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन प्रवक्ता प्रकाण्ड सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।