२९ चैत्र २०८१, शुक्रबार

विप्लव नेतृत्वको नेकपामा माओवादी केन्द्रका नेताहरूको ओइरो

दिलिप श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश

0

ललितपुर । विप्लव सी नेतृत्वको नेकपामा माओवादी केन्द्रका नेताहरूको ध्रुवीकरण हुने क्रम तीव्र भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेकपा महासचिव विप्लव सीको निवासमा आज एक कार्यक्रमका बीच माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई
नेकपा महासचिव विप्लव सी, स्थायी कमिटी सदस्य शिलु सी, गोरखा जिल्ला इन्चार्ज कपिल सीलगायतका नेताहरूले अविर र खादा लगाएर भव्य स्वागत गरेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लव सीले सबैतिरबाट असल मानिसहरू एक हुनुपर्ने बेला आएकाे बताए । उनलेे भने, ‘माओवादीको छुट्टै आदर्श छ । आज हाम्रो पार्टीमा एउटा महत्वपूर्ण इट्टा थपिएको छ । हामीले नेपालमा आशा जगाउनुपर्छ ।”
कार्यक्रममा उपस्थित नेता-कार्यकर्ताहरूले नयाँ प्रवेशले पार्टीलाई थप ऊर्जा मिलेको बताएका छन् ।
कार्यक्रमको सञ्चालन समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सीले गरेका थिए ।

माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जनाको नेकपा प्रवेशले राजनीतिक माहोललाई तताएको छ । यो ध्रुवीकरणले नेकपालाई थप बलियो बनाएको विश्लेषण गरिएको छ । नेकपाले अब देशव्यापी रूपमा आफ्नो संगठन विस्तार गर्ने र जनताको मुद्दालाई सशक्त रूपमा उठाउने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।