२ बैशाख २०८२, मंगलवार

तिम्रा पदचापहरु

0

          – शिला यादव

 

 

प्रिय कमरेड !
हरपल सम्झिरहेको छु –
हामी आपसमा गफिन्थ्यौं
को कहिले सहिद हुने !
हामीमा पहिलो हुने चाह हुन्थ्यो ।

तिमी पहिलो सहिद भयौ
तिमीले मलाई पराजित ग¥यौ
तिमीले जितेको अन्तिम यात्रामा
मैले ईष्र्या गरें
तिमी बलिदान हुँदा
विक्षिप्त भएर सिरानी भिजाएँ
एकातिर तिमीबिना जीवन
स्वीकार्य थिएन मलाई
अर्कोतिर दुई वटा बचेरा थिए
तिमीसँगै मरेर
बचेराको लागि बाँचेको थिएँ ।

समरतिर देख्थें
हजारौँ युवा तिम्रो पथमा
र तिम्रो अधुरो सपना
पूरा गर्ने दायित्व थियो मसँग
लड्दै–पड्दै उठें
असनको भीडमा पनि
एक्लै हुन्थें/आँशु पुछ्दै उठ्थें
हाम्रो साझा रगतको आँखामा
झुलिरहेको भविष्य हेरेर
बाँच्ने र लड्ने अठोट गरेको थिएँ ।

प्रिय कमरेड !
लालाबाला संरक्षक देखेर त
तिमीले बलिदान ग¥यौ होला
जो पहिले सहिद भएपनि
परिवारको संरक्षक बन्ने
क्रान्तिको झण्डा उठाउने
हाम्रो प्रतिबद्धता सम्झें
तिम्रो बलिदानमा ईष्र्या गरेर
को पहिलो ? भन्ने होडबाजी सम्झें
नालापानी सम्झें
र फेरि समरमा होमिएँ ।

प्रिय कमरेड !
तिमीले जित्यौ
मैले कसम तोडिन
यसबेला म सोचिरहेछु
तिमी भएको भए
यो समयलाई के भन्यौ ?
म देख्छु –
अधुरै छन् तिम्रा सपनाहरु
पक्षीहरु बास बस्नेबेला
झरीको रातमा
अथवा औँसीको रातमा
एकनास झ्याउँकिरी कराउँदा
म तिमीलाई सम्झन्छु
तिम्रो आदर्शको उर्जाले
तिम्रा पदचापहरु पछ्याउँछु ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।