६ चैत्र २०८१, बुधबार

अजबलाल स्मृति प्रतिष्ठानले मधेसका योद्धाहरुलाई अभिनन्दन गर्ने

0

जनकपुर – सहिद अजबलाल यादव प्रतिष्ठानले मधेस प्रदेशका १६ जना योद्धा तथा सहिद परिवारहरुलाई सम्मान, कदर तथा अभिनन्दन गर्ने भएको छ । प्रतिष्ठानको मंगलबार बसेको दोस्रो पूर्ण बैठकले प्रदेशका १६ जना यौद्धा तथा सहिद परिवारलाई अभिनन्दन गर्ने निर्णय गरेको हो ।

नेकपा महासचिव विप्लव सीको बाहुलीबाट सम्मान, कदर तथा अभिनन्दन गरिने प्रतिष्ठानले जनाएको छ । सभिनन्दित हुने यौद्धाहरुमा सिरहाबाट माइला दाई, थिरमाया तामाङ, हरिलाल यौन्जन र लिलादेवि तिवारी, धनुषाबाट विहारी राय, अमात, शोभित यादव, शिला यादव, अजबलाल यादवकी आमा रामपरिदेवि यादव र कारोदेवि यादव रहेका छन् ।

त्यस्तै, महोत्तरीका भिष्म खड्का, सर्लाहीका प्रेमबहादुर राना मगरसहित १६ जनालाई अभिनन्दन गरिने आयोजकले जनाएको छ । अजबलाल यादवको स्मारक सिगार्ने तथा सफा गर्ने कार्य मंगलवार समान्न भइसकेको छ।

बुधबार सहिदद्वार रङ्गरोगन–लेखन भइरहेको छ । प्रतिष्ठानकी अध्यक्ष शिला सम्पूर्ण अतिथिलाई आमन्त्रण गरिसकिएको बताएकी छिन् । यादवले नेसपा नेकपा (एस), नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) र बौद्धिक व्यक्तिहरुहरुलाई निमन्त्रण गरिसकेको जानकारी दिएकी छन् ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी ‘शिलु’ नेकपाका पिबिएम सन्देश पौडेल र आश्या सी, वरिष्ठ पत्रकार प्रकाश डुम्रेलगायतका अतिथिहरूको सहभागीता हुने प्राप्त समाचारमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।