
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी जनकपुर पुगेका छन् । शुक्रबार धनुषा जिल्लाको धनुषाधाम नगरपालिका -३ मा रहेको सहिद अजबलाल यादवको निवास सर्सा गाउँमा शनिबार हुने यादव स्मृति दिवसलाई सम्बोधन गर्न जनकपुर पुगेका हुन् ।
महासचिव विप्लव शुक्रबार विहान सुनसरीको एक कार्यक्रम सकेर सहिद निवास सर्सा पुगेका छन् ।
धनुषाधाम ३, को लक्ष्मी इङलिस बोर्डिङ स्कुलमा हुने अजबलाल स्मृति सभा तथा सम्मान समारोहलाई विप्लवले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । आयोजकले कार्यक्रमको पूर्वसन्ध्यामा सहिद स्मारक सरसफाईदेखि लिएर कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेकोआयोजक समितिका अध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य शिला यादवले बताएकी छिन् ।अजबलाल स्मृति प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी यादवका अनुसार नेकपाका महासचिव विप्लवले सहिदद्वार र सहिद स्मारकमा सम्मान गर्ने, सहिद अजबलाल स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन गर्ने र योद्धा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।