
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मधेस पुगेर पाँच काम गरेका छन् । विप्लवले सहिद अजबलाल यादवको स्मृतिमा विभिन्न पाँच काम गरेका हुन् ।
सहिद अजवलाल यादव स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको उद्घाटन गरेका विप्लवले सोही दिन १६ जना यौद्धा तथा सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गरेका छन् । अभिनन्दित हुनेहरुमा सिरहाबाट माइला दाई, थिरमाया तामाङ, हरिलाल यौन्जन र लिलादेवि तिवारी, धनुषाबाट विहारी राय, अमात, शोभित यादव, शिला यादव, अजबलाल यादवकी आमा रामपरिदेवि यादव र कारोदेवि यादव रहेका छन् ।
त्यस्तै, महोत्तरीका भिष्म खड्का, सर्लाहीका प्रेमबहादुर राना मगरसहित १६ जनालाई अभिनन्दन गरिएको प्रतिष्ठानले जनाएको छ । सहिद अजबलाल यादवको जनयुद्धको क्रममा सहादत भएको थियो । कार्यक्रम धनुषाधाम ३, को लक्ष्मी इङलिस बोर्डिङ स्कुलमा आयोजित कार्यक्रम महासचिव विप्लव सीको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।
विप्लवले अजवलाल स्मृति प्रतिष्ठानको कार्यलय उद्घाटन, प्रतिष्ठानद्वारा सन्चालित पुस्ताकालयको उद्घाटन, अजवलाल स्मृतिमा निर्माण गरिएको शालिकमा माल्यार्पण, गेटको रङ लगाउने तथा सरसफाइ, अजवलाल यादवको स्मृतिमा बाटो सरसफाइ लगायतका काम गरेका छन् ।