१३ चैत्र २०८१, बुधबार

लुम्बिनी प्रदेश-काठमाडौं समाजवादी सम्पर्क मञ्च तथा विभिन्न जिल्ला सम्पर्क मञ्चको भेला सम्पन्न

0

लुम्बिनी प्रदेश- काठमाडौं समाजवादी सम्पर्क मञ्चको प्रथम भेला काठमाडौँ कपुरधारामा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश काठमाडौँ समाजवादी मञ्चका संयोजक विष्णु सीको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विषम सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले लुम्बिनी प्रदेश तथा विभिन्न जिल्ला सम्पर्क समिति निर्वाचित गरेको छ । अविनाश सीको संयोजकत्वमा ४ जना पछि थप गर्ने गरि १५ सदस्यीय लुम्बिनी प्रदेश काठमाडौँ समाजवादी सम्पर्क समिति गठन गरेको छ । जसमा सदस्यहरु निशान सी, याम सी, गाेविन्द सी, जुनुमाया सी, विवेक सी, विवश सी, युवराज सी, अनुज सी, रविन्द्र सी र पवित्रा सी रहेका छन् । यसैगरी लुम्बिनी प्रदेश मातहतका ७ वटा जिल्ला सम्पर्क समितिकाे पनि गठन गरिएको छ जसमा राेल्पा- काठमाडौं समाजवादी सम्पर्क मञ्चको याम बहादुर सीको अध्यक्षतामा उपाध्यक्ष गाेविन्द सी, उपाध्यक्ष विवेक सी, सचिव रविन्द्र सी, कोषाध्यक्ष जुनुमाया सी, सदस्यहरु राम सी, अनिष सी, सन्जाल सी, फिराेसा सी, विनिता सी, गाेपाल सी र नारायण सी रहेका छन् । अनुज सीको संयोजकत्वमा प्युठान- काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन गरिएको छ । जसमा सदस्यहरु विपन सी, सुवास सी, आकाश सी, कमल सी, हिटलर सी, सागर सी, लभ सी, सुदन सी, नारायण सी र इन्द्र सी निर्वाचित गरेको छ ।
अन्य जिल्लाहरूमा कपिलवस्तु – काठमाडौं समाजवादी मञ्च पवित्रा सी संयोजक, दाङ- काठमाडौं समाजवादी मञ्च युवराज सी संयोजक, अर्घाखाँची काठमाडौं समाजवादी मञ्च अविनाश सी संयोजक, पाल्पा – काठमाडौं समाजवादी मञ्च निशान सी संयोजक र बर्दिया – काठमाडौं समाजवादी मञ्चमा विवश सी संयोजक रहेका छन् ।
कार्यक्रमको सञ्चालन सह-संयोजक अविनाश सी र स्वागत मन्तव्य रोल्पा काठमाडौँ समाजवादी मञ्चका अध्यक्ष यम सीले राखेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका पिबिएम खुमा सी, पार्टीका केन्द्रीय सदस्यहरु सुन्दर सी, दिनेश सी, सुदर्शन सी, खेम सी, इन्द्र सी, रत्न सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य एवम मञ्चका केन्द्रीय महासचिव सुशील सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य सिर्जना सी र बाम बहादुर सीकाे आतिथ्यता रहेको थियो ।
भेलाले २०८१ चैत्र १५ गते समाजवादी मोर्चाले काठमाडौँमा गर्न लागेको कार्यक्रममा आ-आफ्नो झण्डा व्यानरसहित बृहत् सहभागी हुने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।