३० आश्विन २०८१, बुधबार

नेपालमा विदेशीहरुको नाङ्गो हस्तक्षेप बढिरहेको क्रान्तिकारीहरुलाई सह्य हुँदैन : प्रकाण्ड

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले नेपालमा विदेशीहरुको नाङ्गो हस्तक्षेप बढिरहेको क्रान्तिकारीहरुलाई सह्य नहुने बताएका छन् ।
पार्टी निकट सम्पर्क साधारण शाखाको १० औँ पूर्ण बैठकमा प्रशिक्षण दिदै उनलेे यस्तो बताएका हुन् ।
नेकपा प्रवक्ता प्रकाण्डले देशको अहिलेको स्थिति निकै जर्जर रहेको बताउँदै विदेशीहरुको नाङ्गो हस्तक्षेप विरुद्ध सच्चा कम्युनिस्टहरु एक भएर जानुपर्ने बताए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्दै उनलेे संसदिय व्यवस्था एकपछि अर्को गर्दै नाङ्गिदै गएको अब एकीकृत जनक्रान्तिले सबैखाले दलाल, भ्रष्ट र माफियाहरुलाई खरानी पार्ने दाबी गरे ।
सम्पर्क मञ्चले अब सम्मेलनको तयारी गर्नुपर्ने, निकै सचेतका साथ अगाडि बढ्नु पर्ने, नेताकार्यकर्ता निरन्तर संगठन विस्तारमा लाग्नु पर्ने, जिल्ला भेला/सम्मेलन, सेल कमिटी बनाउनुपर्ने, अन्य व्यक्तिहरुसँग छलफल बहसमा बस्नु पर्ने, भेटघाटलाई तिब्रता दिने जस्ता भनाइ प्रवक्ताले राखेकाे बताइएको छ ।

नेकपा स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीको प्रमुख आतिथ्यता र सम्पर्क साधारण शाखाका इन्चार्ज रत्न सीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
बैठकमा विभिन्न विषयमा निर्देशनात्मक प्रशिक्षणसहित महत्त्वपूर्ण निर्णय भएको छ । बैठकले समाजवादी सम्पर्क मञ्च केन्द्रिय समितिको तेस्रो राष्ट्रिय सम्मेलन आगामी माघ २५/२६ गते गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रीय समिति, प्रदेश समितिको परिपत्र मन्चका केन्द्रिय सदस्य जीवनले वाचन गरेका थिए । बैठककाे सन्चालन महासचिव सुशिलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।