
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर्न जोडदार माग गरेको छ ।
पार्टीका प्रवक्ता प्रकाण्ड सीले बुधबार एक विज्ञप्ति जारी गर्दै भिजिट भिसा घुसकाण्डमा संलग्न अपराधिक गिरोहलाई कारबाही गर्न जोडदार माग गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको अध्यागमन विभागमा देशभित्र आफ्नो भविष्य देख्न छोड्दै गएका युवा युवतीहरु रोजी रोटीको जोहो गर्न भिजिट भिसामा खाडी मुलुक र यूरोपियन देशहरुमा जान बाद्य्य बनाइएकाबाट हजारौँ र लाखौ रुपैया तिर्न विवस बनाई घटाइएको डरलाग्दो घुसखोरीजन्य काण्डमा देशको शान्ति सुरक्षाको जिम्मा लिएको गहृ प्रशासन नै सङ्लग्न घटनाले पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको उल्लेख गर्दै उक्त घुसकाण्डमा संलग्न अपराधिक गिरोहको यथाशक्य छानविन गरी नेपाली जनतासामु तथ्यगत प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिमा दलाल पूँजीवादी राज्य व्यवस्था रहेसम्म राज्यका संचालक र महत्वपूर्ण निकायमा रहेका दलालहरुले देश र जनताका विरुद्ध घात नै गरिरहने र कुरा विषय सार्वजनिक हुने वा नहुने मात्र भएको उल्लेख गरिएको छ ।
प्रवक्ता प्रकाण्डले विज्ञप्तिमार्फत दलाल राज्य व्यवस्था र यसका संचालकहरुले गर्ने अविराम राष्ट्रघात र जनघातबाट सधैको निम्ति देश र जनतालाई मुक्त गर्न नेपाली जनताको प्रतिनिधित्व गर्ने समाजवादी राज्य व्यवस्थामा देशलाई लिन ढिलो भइसकेको भन्दै यस महान, ऐतिहाँसिक र अनिवार्य कार्यका निम्ति तिव्रतामा तयार रहन आम नेपाली जनतामा हार्दिक अपिल समेत गरेका छन् ।