१७ जेष्ठ २०८२, शनिबार

पर्साका सुकुम्बासीमाथि सरकारले गरेको ज्यादतीविरुद्ध नेकपाद्वारा भत्सर्ना

0

काठमाडौँ – पर्सामा सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाई उठिबास लगाएको घटनाको नेपाल कम्युनिस्ट पार्टी मदेश प्रदेशले निन्दा एवंम भत्सर्ना गरेको छ।

बुधबार नेकपा मधेश प्रदेशले एक वक्तब्य जारी गर्दै पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाई बस्ती उठाउन सरकारले गरेको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको भत्सर्ना गरेको हो ।

नेकपाका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, :सुकुम्बासीहरुको बैकल्पिक व्यवस्थानगरी राज्यले लगाएकोे उठिवासको हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दछ । २०६६सालदेखि बस्दै आएका सुकुम्बासीलाई राज्यको रवैयाको प्रतिकार गर्न र संघर्षलाई निरन्तरता दिन आह्वान गर्दै भत्किएका घरहरुको पुननिर्माणमा जुट्न अपिल गर्दछौं ।नेपाल कम्युनिस्ट पार्टी सुकुम्बासीको पक्षमा अन्तिमसम्म लड्ने विश्वास दिलाउँद ैपार्टीलाई साथ दिन अनुरोध गर्दछौँ ।’

नेकपा मधेस प्रदेशले राज्यको रवैयाको प्रतिकारमा उत्रिदा पक्राउ परेका नेकपा केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सेक्रेटरी फिरोजसीसहित सम्पूर्ण जनसमुदायलाई तत्काल विनासर्त रिहा गर्नसमेत प्रशासनसँग विज्ञप्ती मार्फत माग गरेको छ ।

साथै, सबै न्यायप्रेमी बुद्धिजिवि, सञ्चारकर्मी, मानव अधिकारवादीहरु, राजनीतिकदल तथा नागरिक समाजलाई यो घटनाको निश्पक्ष छानविनगरी खान र बस्न पाउने मौलिकहकको रक्षा लागि संवेदनशील भइदिन पनि अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।