२७ बैशाख २०८२, शनिबार

सबै धर्मप्रति सहिष्णुता राख्दै वैज्ञानिक सोच अपनाउन आवश्यक छ : अनिल सी

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले सबै धर्मप्रति सहिष्णुता राख्दै वैज्ञानिक सोच अपनाउन आह्वान गरेका छन् । नेकपा बाराद्वारा शुक्रबार आयोजित ‘भौतिकवाद, धर्म, राजनीति र पश्चिमी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तित गर्दै उनले सो आव्हान गरेका हुन् ।
नेता अनिल सीद्वारा कार्यपत्रमार्फत सबै धर्म मिथकबाट सुरु भएको चर्चा गर्दै विज्ञान र भौतिकवादी दृष्टिकोणमा आधारित सामाजिक चेतना निर्माणमा जोड दिए । उनले शासकहरूले सत्ता सञ्चालनमा विज्ञान प्रयोग गर्ने तर जनतालाई धर्ममार्फत नियन्त्रण गर्ने रणनीति अपनाउने बताए। साथै, नेपालमा क्रिश्चियन धर्मको नाममा अमेरिकी हस्तक्षेप तीव्र रूपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सबै धर्मप्रति सहिष्णुता राख्दै वैज्ञानिक सोच अपनाउन आह्वान गरे ।
उक्त कार्यपत्रप्रति टिप्पणी गर्दै भौतिकवादी समाज नेपालका अध्यक्ष बैधनाथ श्रमजीवीले अन्धविश्वास, जातीय विभाजन र रूढीको खण्डन गर्दै वैज्ञानिक चेतना फैलाउनु आजको आवश्यकता भएको बताए ।
यसैगरी, उक्त कार्यपत्रप्रति टिप्पणी गर्दै नेकपा एकीकृत समाजवादीका श्रीप्रसाद पाश्वानले धर्ममार्फत सत्ता सुदृढ पार्ने ऐतिहासिक संरचना औँल्याए भने माओवादी केन्द्रका उमेश यादवले यस्ता बहसले विचारधारात्मक स्पष्टता र जनसङ्गठन निर्माणमा सहयोग गर्ने बताए ।

उक्त कार्यपत्रप्रति टिप्पणी गर्दै प्रेस युनियन मधेस अध्यक्ष सत्यप्रकाश श्रेष्ठले धर्म र सञ्चारमाध्यमबीचको सम्बन्धबारे धारणा राखे भने विश्व हिन्दु महासंघका टिलेन्द्र ढकाले बाह्य हस्तक्षेपको विरोध गर्दै सनातन सहिष्णुताको संरक्षणमा जोड दिए ।
कार्यक्रममा बौद्ध, हिन्दु र इस्लाम धर्मका प्रतिनिधिहरू, पत्रकार, बौद्धिक वर्ग र युवा नेताहरूको उल्लेखनीय उपस्थिति थियो ।
नेकपा बारा इन्चार्ज जनक सीको अध्यक्षतातामा भएको उक्त कार्यक्रमको सञ्चालन अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सीले गरेका थिए भने स्वागत मन्तव्य नेकपा केन्द्रीय सदस्य फिरोज सीले दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।