
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘बसवराजु’ सहित २६ जना गरिएको कायरतापूर्ण हत्याको घोर भत्सर्ना गरेकाे छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले
महासचिव बसवराजुसहित २६ जनाको मृत्यु घटनाको बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बसवराजुलाई गरिएको कायरतापूर्ण हत्याको घोर भत्सर्ना गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,’राजनीतिक नेतृत्वको यस्तो अमानवीय, अराजनीतिक, अनैतिक हत्याको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदाय, मानवधिकारवादी संघ-संस्थाहरुलाई ध्यानकर्षण गराउँदछौँ ।’
सत्ताको बलले जति नै हत्या, नरसंहार मच्चाएपनि लुटेराहरुको क्षणिक आत्मरती मात्र भएको र सत्य एवं न्यायको लडाईं विजयी भइ छोड्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेलंगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५ मा भएको कारबाहीमा नम्बला केशव राव ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए ।
विज्ञप्तिकाे पूर्ण पाठ-