
काठमाडौँ – ग्लोबल साउथ अर्थात तेस्रो विश्वका सञ्चारकर्मी र लेखकहरूको अन्तर्राष्ट्रिय गोष्ठि साउन ८ गते (जुलाई २४) बेइजिङमा सम्पन्न भएको छ । सो कार्यक्रममा नेपालबाट अनिल शर्मा, सुधिर शर्मा, देवप्रकाश त्रिपाठी, गोविन्द भट्टराई र फणिन्द्र फुयाँल सहभागी थिए ।
त्यसैगरी भारत, चीन, श्रीलंका र दक्षिण अफ्रिकाका प्रतिनिधिक पनि सहभागी थिए । बेइजिङ, ल्हासा रनिङ्ची ३ शहरमा १२ वटा सेमिनार भएका थिए । जसमा ल्हासा विश्व विद्यालय, कृषि र पश्च विज्ञान विश्वविद्यालय निङ्ची, बेइजिङ विश्वविद्यालय, चाइना कम्यूनिकेसन विश्वविद्यालयका विज्ञ, प्रध्यापक र पेकिङ विश्वविद्यालयका उप–डिनलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सेमिनारले आपसी सहकार्य र अनुभव आदानप्रदानलाई सुदृढ गर्ने सहमति भएको प्रेषित समाचारमा जनाइएको छ । कार्यक्रमको व्यवस्थापन ग्लोबल पिपुल्स, बेइजिङ कार्यालयले गरेको थियो ।