१० फाल्गुन २०८१, शनिबार

रामेछाप-काठमाडौं समाजवादी सम्पर्क मञ्चकाे जिल्ला भेला सम्पन्न, अध्यक्षमा तेजबहादुर सी

0

नेपाल कम्युनिस्ट पार्टी रामेछाप -काठमाडौं समाजवादी सम्पर्क मञ्चकाे तेस्रो जिल्ला भेला सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य चिरन सी मिलनकाे  प्रमुख आतिथ्यतामा भएको कार्यक्रम अध्यक्षता अध्यक्षता तेज बहादुर सीले गरेका थिए ।

कार्यक्रममा अतिथिहरु पार्टीका केन्द्रीय सदस्य  तथा रामेछाप  जिल्ला इन्चार्ज इन्द्र सी, पार्टीका  केन्द्रीय  प्रतिनिधि समिति सदस्य  निखिल सी, मञ्चको  केन्द्रीय महासचिव सुशील सी,  सचिव अनिल सी, काेषाध्यक्ष प्रमेश्वर सीलगायतका थिए । कार्यक्रमकाे सञ्चालन मञ्चका महासचिव  सुशील सीले गरेका थिए ।

भेलाले तेज बहादुर सीकाे अध्यक्षतामा १४ सदस्यीय रामेछाप -काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन गरिएको छ ।
जसको अध्यक्षमा – तेज बहादुर सी, उपाध्यक्ष – लक्ष्मी  सी, सचिव- निपुण सी, सहसचिव- धनुराज  सी काेषाध्यक्ष-  विपना सी, सदस्यहरुमा दिलमान सी
जित बहादुर सी, देव बहादुर सी, डिगलाल सी, सहदेव सी, ज्ञानु सी, सन्ताेष सी, डिग बहादुर सी, करण सी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।