४ चैत्र २०८१, सोमबार

सहिद अजबलाल यादव स्मृति दिवस चैत ९ गते धनुषाधाममा मनाइने 

0

काठमाडौँ – जनयुद्धका महान् सहिद तथा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य अजबलाल यादव स्मृति दिवस धनुषाधाममा मनाइने भएको छ ।

यादवको २४औं स्मृति दिवस चैत ९ गते धनुषाधाम- ३, धनुषामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा मनाइने भएको हो ।

स्मृति दिवसको अवसरमा १६ जनालाई सम्मान तथा कदरपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

सहिद अजबलाल यादवकी जीवन संगिनी तथा यादव स्मृति प्रतिष्ठानकी अध्यक्ष शिला यादवका अनुसार समाजवादी मोर्चाका शिर्षस्थ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

कार्यक्रममा नेकपाका महासचिव विप्लव सीको विशेष सम्बोधन रहने यादवको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।