
सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशको नेतृत्व गर्नसक्ने सहि विचार बोकेको भन्दै माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी नेकपामा ४ जना प्रवेश गरेका छन् ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले देशको नेतृत्व गर्न सक्ने सहि विचार बोकेको पार्टी नेकपा मात्र देखेको निश्कर्ष निकाल्दै पार्टी प्रवेश गरेको बताएका हुन् ।
नेकपामा प्रवेश गर्नेमा कालिकोट पचलझरना गाउँपालिका ८ का पूर्व वडा सदस्य तथा माओवादी केन्द्रका गाउँ कमिटी सदस्य मनऋषि संज्याल (महेन्द्र), कालिकोट पलाँता गाउँपालिका धौलागोहका माओवादी निकट व्यवसायी नयाँराम न्यौपाने, दैलेख घर भई सुर्खेतमा वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य तथा मजदुर संगठनको प्रदेश संयोजक प्रदिप माकुने र सुर्खेत बराहताल गाउँपालिकाकी माओवादी निकट महिला संगठनकी गाउँकमिटी सदस्य सावित्रा सुनार छन् ।
उनीहरु चारै जनालाई नेकपाका महासचिव विप्लव सीले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका छन् । नप्रवेशीहरुले नेकपा भन्दा अरु कुनै पनि पार्टीले समाजवादी क्रान्ति पूरा गर्न नसक्ने देखेको बताएका छन् ।