
धनुषा – धनुषा जिल्लाका मिटरव्याज पीडितहरुले भव्य मशाल जुलुस निकालेका छन् । मंगलबार साँझ जनकपुर बजारमा मशाल जुलुस निकालेका हुन् ।
गोपाल धर्मशालाबाट निकालिएको मशाल जुलुस शहरका जानकी मन्दिर हुँदै त्रिचोकमा पुगि सभामा परिणत भएको थियो । सभालाई नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य गोरी सी र संगठनका अध्यक्ष राजाराम यादवले सम्बोधन गरेका थिए ।
मशाल जुलुसमा मिटरब्याजी सूदखोरलाई कारवाही गर ! विद्रोह जनताको अधिकार हो ! लगायत नाराहरु लगायका थिए ।
प्रतिक्रिया दिनुहोस्