३१ असार २०८२, मंगलवार

बाँकेमा नेकपा प्रवक्ता प्रकाण्डको सहभागिता २ विगाह खेतमा धान रोपाई

0

बाँके । बाँकेको खजुरामा करिब २ विगाह खेतमा धान रोपाई भएको छ । नेकपाको केन्द्रीय कार्यालय तथा कर्णाली प्रदेशको आयोजना र बाँके जिल्लाको सहभागितामा नेकपाले २ विगाह खेतमा धान रोपाई गरेको हो ।
धान रोपाईमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीको समेत प्रत्यक्ष सहभागिता भएको छ ।
धान रोप्नकै लागि पार्टी प्रवक्ता प्रकाण्ड सी शनिबार साँझ बाँके पुगेका थिए । प्रवक्ता प्रकाण्ड आइतबार धान रोप्न हिलो पारिएको खेतमा पुगेर छुप छुप धान रोपाईमा दिनभर व्यस्त भए ।
धान रोपाईमा पार्टीका नेता कार्यकर्ता र जनतालाई नयाँ उर्जा दिदै प्रवक्ता प्रकाण्डले श्रम गर्नु समाजवादी व्यवस्थाका लागि भएको बताए ।
पूर्वमन्त्री समेत भइसकेका प्रवक्ता प्रकाण्डले अरु पार्टी भन्दा नेकपा धेरै फरक पार्टी भएको जिकिर गर्दै नेपालमा सबैले पसिना बगाउने हो भने देश आत्मनिभर हुने र विदेशीको मुख ताक्न नपर्ने विश्वास व्यक्त गरे ।
नेकपाका कर्णाली प्रदेश इन्चार्ज सुशिल सी, नेकपा बाँकेका इन्चार्ज रक्तिम सी, केन्द्रीय सदस्य विराट सी, केन्द्रीय सदस्यहरु नारायण सी, हिमशिखर सी लगायतका नेता कार्यकर्ताहरुको साथमा प्रवक्ता प्रकाण्डले दिनभर धान रोपे । उनमा कुनै धकानको आभास थिएन ।
नेकपाका केन्द्रीय सदस्य विराट सीले करिव २ विगाह खेतमा धान रोपाई भएको बताए । उनले आइतबार पार्टीका प्रवक्ता प्रकाण्डको सहभागिताले थप हौसला प्रदान गरेको पनि बताए ।
नेकपाको उत्पादन विभाग सदस्य समेत रहेका नेता विराट सीले करिब ४ कट्ठा जति खेत रोप्न बाँकी रहेकाले सोमबार पनि धान रोपाई हुने जानकारी दिए ।
नेकपाले नेता कार्यकर्ता, पार्टी र जनतालाई आत्मनिर्भर बनाउने अभियान संचालन गर्ने क्रममा देशभर धान रोपिरहेको हो ।
पार्टीका महासचिव विप्लव सी कपिलवस्तुमा धान रोप्न व्यस्त छन् ।
नेकपाले असार १० देखि साउन १० गतेसम्म उत्पादनमा लाग्न देशभरका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । सोही अनुसार देशभर उत्पादनको कार्य भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।