
तुलसीपुर । जनपत्रकार संगठन नेपालको उपाध्यक्ष जानकी चौधरीकी दिवंगत आमा झुपी चौधरीको स्मृतिमा वृक्षारोपण गरिएको छ ।
बुधबार तुलसीपुर-८ कटकुँइयास्थित दिवंगत आमाको आफ्नै निवास परिषरमा फल, फुल र जडिबुटीका बिरुवाहरु रोपिएको हो ।
सी संस्कार अनुसार मृतकको स्मृतिमा वृक्षारोपण गर्ने गरिन्छ ।
वृक्षारोपण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सी, पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका जवस/मोर्चा फ्र्याक्सन इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय सदस्य एवम तुलसीपुरका इन्चार्ज प्रदिप सी, पार्टीका केन्द्रीय सदस्य युगिन सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य रुद्र सी, भुवन सी, धर्ती सी, पार्टीका नेताकार्यकर्ता लगाएत मृतकका आफन्तजन, परिवार, इष्टमित्रहरुको उपस्थिति रहेको थियो ।
आमा झुपी चौधरीको असार ३० गते बेलुका ७ बजे दुखद निधन भएको थियो ।
सी संस्कृति अनुसार पहिलो दिन मृतकको पार्थिव शरीरको अन्त्येष्टि गर्ने, दोस्रो दिन मृतकको स्मृतिमा वृक्षारोपण गर्ने, तेस्रो दिन मृतकको स्मृतिमा समाजका गरिब, असहाय, अशक्त, बृद्धबृद्धालाई खाद्यान्न, लत्ताकपडा र फलफुल वितरण गर्ने, चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र अन्तिममा पाँचौ दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली सभा गर्ने गरिएको नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर सेक्रेटरी रुद्र सीले जानकारी दिए ।