३ श्रावण २०८२, शनिबार

आमा झुपी चौधरीको निधनमा जनपत्रकार संगठन, नेपालद्वारा दुःख व्यक्त

0

काठमाडौं । जनपत्रकार संगठन, नेपालका उपाध्यक्ष जानकी चौधरीकी ममतामयी आमा झुपी चौधरीको निधनमा संगठनले दुःख व्यक्त गरेको छ । जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले आज शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

आमा झुपी चौधरीको सोमबार बेलुका ७ बजे दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुँइयास्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको थियो ।

वक्तव्यमा उहाँले सामाजिक राजनीतिक क्षेत्रमा पुऱ्याएको योगदानको स्मरण तथा सम्मान गर्दै दु:खको यस क्षणमा उपाध्यक्ष जानकीसहित परिवार एवम् आफन्तहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।