
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पवन सीका हजुवाबुवाको निधनप्रति नेपाल कम्युनिट पार्टीका महासचिव विप्लव सीले दु:ख व्यक्त गरेका छन् । शुक्रबार एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले केन्द्रीय सदस्य पवन सीका हजुरबुवाको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।
विप्लवद्वारा जारि विज्ञप्तीमा भनिएको छ , “हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क. पवन सीका हजुरबुवा अच्छेलाल महत्तोको निधनले हामीलाई दुःखी बनाएको छ । सर्लाहीको हरिवन नगरपालिका ७, घुर्कौली गाउँ बस्ने हजुरबुबा अच्छेलाल महत्तोको निधनप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ । दुःखको यस घडीमा मृतक हजुरबुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै क. पवन र उहाँको परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।”
प्रतिक्रिया दिनुहोस्