
कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको पाेलिटब्युराे बैठक सुरू भएकाे छ । कपिलवस्तुस्थित केन्द्रिय कार्यालयमा बिहीबार महासचिव विप्लव सीकाे अध्यक्षतामा बैठक सुरू भएकाे हाे ।
बैठक प्रारम्भ गर्दै महासचिव विप्लवले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । नेकपा स्थायी समिति सदस्य अनिल सीले दिएकाे जानकारी अनुसार महासचिवले प्रस्ताव प्रस्तुत गरेसँगै शुक्रबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।
शुक्रबारबाट पाेलिटब्युराे सदस्यहरूले प्रस्तुत प्रस्तावमा धारणा राख्न प्रारम्भ गर्ने छन् । यसपटक गम्भीर विषयमा छलफल हुने भएकाले बैठक केही दिनसम्म लैजाने केन्द्रीय कार्यालयको योजना रहेको प्रकाशन तथा प्रसारण विभाग इन्चार्जसमेत रहेका स्थायी समिति सदस्य अनिल सीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्