
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, बारा/पर्सा जिल्ला इन्चार्ज जनक सीका बुवाको निधनप्रति नेकपा महासचिव विप्लव सीले दुःख व्यक्त गरेका छन् । आइतबार शोक वक्तव्य जारी गर्दै विप्लवले बुवाको निधनले दुःखी बनाएको बताउँदै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
‘पार्टीको केन्द्रीय प्रतिनिधि समिति सदस्य, सर्लाही जिल्ला सेक्रेटरी प्रमिला सीका ससुरा बुवा दान बहादुर राउतको ८० वर्षको उमेरमा भएको निधनले हामीलाई दुःखी बनाएको छ । छोरा/बुहारीलाई संघर्षमा होमिन प्रेरित गर्नुहुने महान् बुवाको निधनले कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको छ । यो दुःखद घडीमा हाम्रो पार्टी मृतक बुवाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै जनक, प्रमिलासहित परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’, विप्लवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्