६ असार २०८२, शुक्रबार

कृषि मन्त्री रामनाथ अधिकारीसँग नेकपा नेता शिलु सीको भेटवार्ता

0

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री रामनाथ अधिकारी र मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मासँग नेकपाका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले औपचारिक भेटघाट एवम् छलफल गरेकी छन् ।

भेटवार्ताको क्रममा नेकपाले पछिल्लो समय विभिन्न क्षेत्रमा उत्पादनसँग सम्बन्धित गरेका कामको सन्दर्भमा विस्तृत छलफल भएको थियो । उक्त छलफलमा मन्त्री अधिकारी र सचिव शर्माले नेकपाको पहलकदमी र सक्रियताप्रति प्रशंसा व्यक्त गर्दै मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । कृषि र उत्पादनको क्षेत्रमा नेकपालाई सहयोग गर्न मन्त्रालय तयार रहेको समेत बताए ।
शिलु सीले देशको किसानको अवस्था, उत्पादनको वर्तमान अवस्था, मलबिउको अनुदान र कृषिको विकासमार्फत राष्ट्रिय समृद्धि हासिल गर्ने दिशामा राज्यको भूमिका अपरिहार्य रहेको कुरामा जोड दिइन् । उनले कृषिलाई मूलधारको अर्थतन्त्रमा परिणत गर्न सशक्त नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राखिन् ।
भेटघाटमा नेकपानिकट मजदुर संगठनका अध्यक्ष टेक सी समेत सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।