३ भाद्र २०८२, मंगलवार

नेकपा नेता शिलु र गण्डकी मुख्यमन्त्रीबीच भेटवार्ता

0

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज शिलु सीले शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रदेशको समसामयिक राजनीतिक अवस्था, विकास प्राथमिकता र संघीयता कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।
भेटवार्तामा प्रदेश सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, जनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजना, दलबीचको सहकार्य र संघीय सरकारसँगको समन्वयबारे विचार आदान–प्रदान गरिएको थियो ।
भेटमा नेता भुजेलले ‘राजनीतिक स्थिरता र जनअपेक्षाअनुरूपको विकासका लागि दलहरूबीचको सहकार्य अपरिहार्य रहेको बताउदै उनले सत्तासिन पार्टीहरुले जनअपेक्षा पूरा गर्न नसक्दा राजनीतिक दलप्रति बितृष्णा पैदा भैरहेको समेत बताए । उनले नेकपाको पछिल्लो कार्यक्रम उत्पादन, राजनितिक गतिविधि लगायतका विषयमा समेत छलफल भएकाे जनाए ।
मुख्यमन्त्री पाण्डेले संघीयता कार्यान्वयनबारे आफ्नो धारणा व्यक्त गर्दै भने, “संविधानले दिएको अधिकारलाई व्यवहारमा रुपान्तरण गर्न सबै तहका सरकार, राजनीतिक दल र नागरिक समाजबीच साझा प्रतिबद्धता आवश्यक छ । स्रोत र साधनको सुनिश्चितता विना संघीयताको सफलता सम्भावना छैन ।’

पार्टीले उत्पादनसहितको राजनीतिमा लागिरहेको सन्दर्भमा पछिल्लो समय नेकपाका नेताहरु बृहत् राजनीतिक भेटघाट एवं छलफलमा लागिरहेका छ्न् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।