८ असार २०८२, आईतवार

प्रचण्ड, माधव, झलनाथ र उपेन्द्रसँग विप्लवको भेट, समसामयिक विषयमा छलफल

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक विप्लव सीले राजनीतिक भेटघाट तथा छलफललाई तिब्र पारेका छन् । शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग छलफल गरेका छन् ।

वामपन्थी ध्रुवीकरण, राजनीतिक संकटको निकास, जनताका दैनिक समस्याको समाधान र समाजवादी मोर्चाको आगामी कार्यक्रमका विषयमा छलफल भएको बताइएको छ । नेकपाको कार्यालय स्रोतले दिएको जानकारी अनुसार माओवादी घटकहरू बिचको एकताको विषयमा छलफल भएपनि तत्काल एकताको आधार बनेको छैन ।

विप्लवले शुक्रबार राती ९ बजे विप्लव निवास हरिसिद्धीमा नेता उपेन्द्र यादव र अपरान्हमा झलनाथ खनालसँग भेटघाट भएको थियो । त्यस अघि विप्लव सीसहित डा. बाबुराम भट्टराई, हिसिला यमीबिच छलफल भएको थियो ।

कृषि क्रान्तिबाट देशलाई आत्मनिर्भर बनाउँदै नेपाली विशेषताको समाजवादमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने महान् लक्ष्यमा लागेका विप्लव केही दिन अघि काठमाडौँ आएका थिए । उत्पादनको काम चलिरहेका बेलामा विप्लव राजनीतिक छलफलका लागि काठमाडौँ आएका हुन् ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।