६ असार २०८२, शुक्रबार

रहेनन् खगेन्द्रजङ्ग

0

काठमाडौं । मनाङ्गे राजपरिवारका सदस्य तथा पूर्वमन्त्री खगेन्द्रजङ्ग गुरुङको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा साेमबार बिहान ९४ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९८८ मनाङमा जन्मेका गुरुङले राजा महेन्द्रकाे चिठ्ठी बाेकेर तिब्बतको पैदलमार्ग हुँदै बेइजिङ गएका थिए । २०५२ सालमा देवप्रसाद गुरुङमार्फत माओवादीलाई बारबाेर राइफल प्रदान गरेका चर्चित व्यक्ति पनि हुन् । उनका २ वटा आत्मकथाका पुस्तक प्रकाशित छन् । २०२५ सालमा राजा महेन्द्रकाे सरकारले उनलाई जनजातिलाई उचाल्याे भन्ने आराेपमा गिरफ्तार गर्याे । गुरुङ नेपालमा सबैभन्दा पहिले जनजातिका समस्या उठाउने व्यक्ति पनि हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।