१९ जेष्ठ २०८२, सोमबार

नेता आकाशको निधनप्रति महासचिव विप्लवद्वारा दुःख व्यक्त

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् मुस्ताङ जिल्ला इन्चार्ज छम सी (आकाश) को निधन भएको छ । शनिबार बेलुका ६ बजे क्यान्सर रोगबाट पीडित आकाशको निधन भएको हो ।

उनको निधनमा नेकपाले दुःख व्यक्त गरेको छ । पार्टी महासचिव विप्लवले आइतबार शोक वक्तत्य जारी गर्दै उनको असामयिक निधनले पार्टीलाई दुःखी र मर्माहत बनाएको बताएका छन् ।

‘महान् जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म आफ्नो भौतिक ज्यानको प्रवाह नगरी अहोरात्र देश र जनताका लागि अमुल्य योगदान पु¥याउँदै आउनुभएका क.आकाशको अल्पायुमै भएको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । पार्टी उहाँको वैज्ञानिक समाजवाद प्राप्तिको अधुरो कार्यभार पूरा गर्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यस दुःखद क्षणमा उहाँको परिवारजनमा समवेदना प्रकट गर्दछौं ।’, शोक वक्तव्यमा भनिएको छ ।

बुवा तेजेन्द्र सेन र आमा नेत्र कुमारी सेनको जेठो छोरो आकाश २०३२ साल भाद्र १६ गते बाग्लुङमा जन्मिएका थिए । दुई छोरा र एक छोरी बुवा उनी २०५८ सालदेखि पार्टीमा होलटायमर थिए । घरमा आमा, बुवा, श्रीमति, छोरा र छोरी रहेका छन् । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।