
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इञ्चार्ज माइला सीको श्रव्य- दृश्य गीति एल्वम ‘समाजवाद’ सार्वजनिक भएको छ । आइतबार काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमकाबिच श्रव्य दृश्य गीति एल्वम ‘समाजवाद’ सार्वजनिक भएको हो ।
जनसांस्कृतिक महासंघ केन्द्रीय समितिद्वारा आयोजित गीति एल्वम समाजवादको सार्वजनिकीकरण कार्यक्रमको प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग इञ्चार्ज अनिल विरही सीको रहेका थिए ।
गीतका सर्जक माइला सीको अध्यक्षतामा सम्पन्न गीति सिर्जना समाजवाद गीति सिर्जनाको साहित्यकार/माक्र्सवादी सौन्दर्य चिन्तक अनिल विरही, जनवादी कलाकार सुशील सिँह लगायतले टिप्पणी राखेका थिए । टिप्पणीकारहरुले ‘समाजवाद’ गीतले पछिल्लो समय नेकपाले लिएको नेपाली विशेषताको समाजवादलाई उचाइमा पुर्याउन अर्को महत्वपूर्ण खुड्किलो भएको बताए ।
दलाल पुँजीवादले जकडिएको नेपाली समाजलाई समाजवादतर्फ उन्मुख गर्न र नेपाली विशेषताको समाजवादलाइ आम जनताहरुमाझ लैजान र दलाल पुजिवाद विरुद्ध उठाउन सिर्जित यी र यस्ता सिर्जनाले सशक्त भूमिका खेल्नुपर्नेमा जोड समेत दिए ।
सामाना सांस्कृतिक परिवारका कमान्डर तथा नेकपाका केन्द्रिय सदस्य आरोह सीले सञ्चालन गरेको गीति सिर्जना समाजवादको सर्वजनिकीकरण कार्यक्रममा नेकपा उपत्यका ब्युरो इञ्चार्ज तथा पोलिट ब्युरो सदस्य कृति सी, लगाएत उपत्यकामा उपलब्ध केन्द्रिय सदस्य, प्रतिनिधि समिति सदस्य, जिल्ला सदस्य तथा अन्य माओवादीप्रति आस्था राख्ने अन्य पार्टीका नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष माइला सीले गीतसँग अनुबन्धित सम्पूर्ण श्रस्टा, सर्जक, गायक, गायिका टेक्निसियन लगाएत उपस्थित सम्पूर्ण दर्शक श्रोताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
समाजवाद गीति सिर्जना भिडियो…….